गोदावरी नेपालको प्रदेश नं. ३ को ललितपुर जिल्लामा रहेको नगरपालिका हो जुन भौतिक रूपमा २०१४ डिसेम्बर २ मा निर्माण भएको थियो। पुर्व गा.वि.सहरु गोदावरी, बडीखेल, विशंखुनारायण, गोदामचौर र थैबा एकीकरण द्वारा स्थापना गरिएको थियो। मार्च २०१७ मा यस नगरपालिकाको क्षेत्रलाई पूर्वमा भएका कुल १२ गाउँ विकास समितिहरू समेत सम्मिलित गरिएको थियो। समावेश भएका थप ६ गा.वि.सहरु देवीचौर, दुकुछाप, छाँपी, थेचो, चापगाउँ, झारुवारसी र लेले हुन्। यस गाउँपालिकाको केन्द्र बज्रबराहीमा रहेको छ। यो नेपालमा धेरैको प्यारो हाइकिङ गन्तव्यहरूमध्ये एक हो, जसमा यसको समृद्ध वन्यजन्तु, जगत र सुन्दर पर्यावरणको लागि प्रसिद्ध छ। गोदावरी वनस्पतिजन्य बगैचा को लागि धेरै प्रसिद्ध छ ।।"फूलचोकी" काठमाडौं उपत्यकाको सबैभन्दा उच्च शिखर गोदावरीमा छ।